काठमाडौं– बिहिबार दिउँसो अज्ञात समूहले प्रहार गरेको गोली लागेको मृत्यु भएका सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारीलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । उनी अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका हुन् ।


ADVERTISEMENT


शुक्रबार अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले उनलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई राहत स्वरुप १० लाख दिने निर्णय भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


अन्सारीको मृत्युपछि स्थानीयका साथै मुस्लिम अगुवाले मृतकलाई सहिद घोषणा गर्दै छानबिन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेबमोजिम सरकारले उनलाई सहिद घोषणा गरेको हो ।

शुक्रबार नै गृह मन्त्रालयले सु अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिसकेको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणको कार्यतालिका पनि स्वीकृत गरेको छ । ओली शनिबार संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।