चौतारा– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालय आवश्यक हुँदाहुँदै पनि खारेज भएकाले साविकको अवस्थामा राख्न पहल गर्ने बताएका छन् ।


ADVERTISEMENT


राज्यमन्त्री डा यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र अमेरिकी मेडिकल फाउण्डेशनको ८५ लाख लगानीमा निर्मित दुई प्रि फ्याव भवन उद्घाटनका अवसरमा उक्त कुरा बताए ।


ADVERTISEMENT

# # #


सो अवसरमा राज्यमन्त्री डा यादवले देशका सबै नगरपालिका र गाउँपालिकाका वडामा स्वास्थ्यचौकी स्थापना गर्ने मन्त्रालयको लक्ष्य रहेको उल्लेख गर्दै दुई हजार ३०० वडामा अझै स्वास्थ्यचौकी नभएकाले यस वर्ष एक हजार २०० वडामा निर्माण गर्ने लक्ष्य रहेको बताए ।

औषधि अभाव हुन नदिन आवश्यक बजेट सबै नगरपालिका र गाउँपालिकामा निकासा पठाइसकेको उल्लेख गर्दै आवश्यक कर्मचारीको व्यवस्था गर्न मन्त्रालय लागिपरेको उनले स्पस्ट पारे ।

जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक डा मोहम्मद दाउदले आधारभूत स्वास्थ्य पाउने जनताको अधिकार भएको चर्चा गरे ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि सो अस्पताल जस्ताको टहरा र टेण्टबाट सञ्चालन हँुदै आएको थियो । रासस