म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भिरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भिरमा पहिरो तथा नदी कटानका कारण भदौ २७ गतेदेखि सडक अवरुद्ध भएको थियो । आयोजना प्रमुख सुवेदीका अनुसार नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ र आयोजनाका निर्माण कम्पनीका एक्साभेटर परिचालन गरेर पहिरोले सडक बगाएको ठाउँमा नयाँ ट्र्याक निर्माण गरिएको हो ।

सडक सञ्चालनमा आएपछि बेनीदेखि सिधै जोमसोमसम्म सिधा सवारी सञ्चालन गर्न सकिने भएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समस्या भएको थियो ।