काठमाडौँ– राष्ट्रिय जनता पार्टी नेपालले तराईका जिल्ला सदरमुकाममा आज मसाल जुलुस प्रदर्शन गर्दैछ । सरकारले प्रतिबद्दता अनुसार सहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट बनेको राजपाले हिजो आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
सत्तारुढ दलसँग बारम्बार भएको छलफलमा कुनै निष्कर्ष निस्कन नसकेपछि आफूहरु आन्दोलनमा जान बाध्य भएको राजपा नेता मनिस कुमार सुमनले बताए।


ADVERTISEMENT


संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, मुद्दा फिर्ता लगायत विषयमा भएको सहमति कार्यान्वयन नभएको भन्दै मधेश केन्द्रित ६ दल मिलेर बनेको राजपा दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि सहभागि नहुने भएको छ ।


ADVERTISEMENT

# # #