काठमाडौ– नेपाल राष्ट्र बैंकले २१ असोजदेखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुल्ला गरेको हो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिइने बताए ।


ADVERTISEMENT


‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ ।’ राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरुले नायँ नोट सटही गरेका थिए । राष्ट्र बैंले २१ असोजदेखि नयाँ नोट सटही खुल्ला गर्ने भएपनि वाणिज्य बैंकहरुलाई भने १२ असोजमै उपलब्ध गराइने भएको छ ।


ADVERTISEMENT

# # #


साथै बचत था ऋण्को कारोबार गर्ने सहकारी संस्थाहरुले पनि नयाँ नोट सटही गर्ने प्रवक्ता पौडेले बताए । राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठकाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर तथा भक्तपुर शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ ।

त्यसैगरी,कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ । त्यस्तै, राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, विशालनगर,सानोठिमी तथा नक्साल लगायतका शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिनेछ । – आजको राजधानी दैनिकबाट