काठमाडौं– दशैंको मुखैमा सार्वजनिक यातायातको भाडा बृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । दशैंको मुखमा सिन्डिकेटलाई प्रोत्सहान गर्ने गरी सरकारले भाडा बृद्धि गरेको भन्दै देशभरका क्याम्पसअगाडि नेविसंघले सोमबार बिहान चक्काजाम गरेको हो ।


ADVERTISEMENT


बिहान ९ देखि १० बजेसम्म नेविसंघले गरेको चक्काजामका कारण राजधानीको सवारी प्रभावित समेत भएको छ । यातायात व्यवसायीले दसैँका लागि टिकट बिक्री खुल्ला नगर्ने अडान लिएपछि सरकारले सवारी साधनको भाडादर आइतबारबाट १० प्रतिशत वृद्धि गरेको छ ।


ADVERTISEMENT

# # #


हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार सरकार र यातायात व्यवसायीबीच भाडा बढाउन सहमति भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको थियो ।

यसअघि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण भाडा समायोजन हुन नसक्दा आफूहरु मारमा परेको भन्दै यातायात व्यवसायीहरुले भाडा वृद्धीको माग राखी आन्दोलन गरेका थिए । सोही कारण असोज ५ बाटै हुने भनिएको अग्रिम टिकट बुकिङ पनि रद्द भएको थियो ।