एजेन्सी– खेल सकिन ९ मिनेट बाँकी छँदा फ्रोसियोनेको प्रतिरोध तोड्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई नयाँ सिजनमा शत प्रतिशत नतिजा कायम राख्न सफल भएको छ ।


ADVERTISEMENT


इटालियन च्याम्पियनले खेलको अधिकांश समय गोलकिपर मार्को स्पोर्टिलोलाई टेस्ट गर्न सकेको थिएन । तर, ८१ औँ मिनेटमा पोर्चुगिज फरवार्डले आठ यार्ड टाढाबाट गोल गर्दै युभेन्टसलाई ब्रेक थ्रु दिलाए ।


ADVERTISEMENT

# # #


इन्जुरी समयमा फेडेरिको बर्नार्डेस्चीले युभेन्टसका लागि दोस्रो गोल थपे । युभेले खेलमा ७२ प्रतिशत बलमा नियन्त्रण राखेपछि लक्ष्यमा आठपटक मात्र प्रहार गर्न सकेको थियो ।

खेलको पहिलो हाफमा रोनाल्डोको प्रहारलाई गोलकिपर स्पोर्टिलोले उत्कृष्ट बचाउ गरेका थिए ।

जीतसँगै युभेन्टसले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको छ ।

अन्य खेलमा नापोलीले टोरिनोलाई ३–१ गोलअन्तरले पराजित गर्यो भने रोमा बोलोग्नासँग २–० ले स्तब्ध बन्यो ।

लाजियोले जिनोआलाई ४–१ गोलले हराउँदा एसी मिलान भने एटलान्टासँग २–२ को बराबरीमा रोकियो ।