काठमाडौँ–संसदको विकास समितिले आगामी दुई महिनाभित्र हरेक स्थानीय तहमा बैंक स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


विकास समितिको सोमबार बसेको बैठकले स्थानीय तहको कामकारवाहीलाई थप प्रभावकारी बनाउन तथा स्थानीयतहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न हरेक स्थानीय तहमा कम्तिमा एउटा बैंकको स्थापना हुनु जरुरी रहेको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT

# # #


समितिले आगामी २ महिनाभित्र बैंक स्थापना गर्न सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र वैंकलाई निर्देशन दिएको छ ।