कैलाली– जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिराशतमा राखेपछि मात्र गल्ती गरेको महसुुस भयो ।


ADVERTISEMENT


मोहना नदीबाट अवैध रुपमा बालुवा निकासी हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक इन्द्र मल्लको नेतृत्वमा गएको टोलीले शनिबार गोदावरी नदीमा बालुवा ढुवानीका लागि गएका ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरका चालकलाई थुनुवा कक्षमा राखेर उनीहरुसँग भएको मोबाइल फोन बन्द गर्न लगाई आइतबार बिहान ११ः३० बजेसम्म भोकै प्रहरीको हिरासतमा राखेको थियो ।


ADVERTISEMENT

# # #


उनीहरुलाई कसैको सम्पर्कमा पनि आउन दिइएको थिएन । आइतबार बिहान मात्र ट्याक्टर मालिकले काटेको रोयल्टी रसिद हेरेपछि प्रहरी आश्चर्यमा परे । आफूहरुले झुक्किएर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले स्वीकार गरेको छ । ट्याक्टर जिविसले तोकेको रोयल्टी तिरेको रसिदसहित बालुवा ढुवानीका लागि गोदावरी खोलामा गएका थिए ।

प्राप्त सूचनालाई राम्ररी अध्ययन नै नगरी ज्यालामजदुरी गरी खाने मजदुरलाई भोकभोकै एक रात थुनुवा कक्षमा राखी प्रहरी मानसिक यातनासमेत दिएकामा पीडित एक ट्याक्टर चालकले आक्रोश व्यक्त गरेका छन् ।