काठमाडौँ– नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराएका हुन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उनलाई उचित जिम्मेवारी दिइने बताए । मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उनले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नवप्रवेशी दाहाल लायन्स क्लब अफ इन्टरनेशनलका प्रशिक्षक समेत रहेका छन् । रासस