लहान– लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ । साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए ।


ADVERTISEMENT


अपहरित डा. यादवको खोजीमा जुटेका डिएसपी थापाले भने, ‘हामी खोज्दै छौं, अझै पत्तो लागिसकेको छैन्।’ हेटौडामा काम गर्दै आएका डा. यादव आन्तरिक कारणले एक महिनादेखि लहान १ स्थित ससुराली घरमा बस्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै थापाले बताए । ‘आन्तरिक कारण अहिले नखुलाउ’, उनले थपे, ‘डा. यादवको अपहरणको त्यही कारणले भएको हुनसक्ने आशंका सहित खोजी गरिरहेका छौं।’


ADVERTISEMENT

# # #


अपहरणस्थल लहानको चल्तीको चोक हो । यहाँ अबेर रातीसम्म मानिसको चहलपहल रहन्छ । ईलाका प्रहरी कार्यालयबाट मुस्किलले पाँच सय मिटर पश्चिम दूरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट पनि उतिकै दूरीमा पर्छ अपहरणस्थल । घटनाबारे विस्तृत जानकारी खुल्न सकेको छैन । – आजको नागरिक दैनिकबाट