जनकपुरधाम– बालिका बलात्कारमा गलत रिपोर्ट दिने दुई डाक्टरलाई धनुषाको जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले कारबाही सिफारिस गरेका छन् । ती डाक्टरले बलात्कार नै नभएको रिपोर्ट दिएका थिए ।


ADVERTISEMENT


जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई कारबाही सिफारिस गरिएको हो । उनीहरूलाई कारबाहीका लागि स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र गृह मन्त्रालयमा पत्र पठाएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । उनीहरूले धनुषाको जनकन्दनी गाउँपालिकाकी १२ वर्षीया बालिका बलात्कारसम्बन्धी स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिएका थिए । – आजको नयाँ पत्रिका दैनिकबाट


ADVERTISEMENT

# # #