सल्यान– चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ । सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन् । शल्यक्रियाका क्रममा चिकित्सकले पाठेघरको आधा भाग सिलाइदिएपछि उनको दोस्रो बच्चा जन्माउने चाहना अधुरै रहने भएको छ।


ADVERTISEMENT


शल्यक्रिया गर्दा पाठेघरको आधा भाग सिलाएको पुष्टि भएपछि उनले प्रसूति गृह र शल्यक्रियामा संलग्न चिकित्सक डा. ज्योत्सना शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी छन् । पाठेघर आधा सिलाइएकै कारण अर्को बच्चा हुने सम्भावना टरेको संकेत उपचारमा संलग्न चिकित्सकले दिएका छन्।


ADVERTISEMENT

# # #


पहिलो बच्चा जन्माउन शल्यक्रिया गर्दा उनलाई धेरैपटक पेट दुखेर रक्तस्राव हुन थाल्यो । पटकपटक स्वास्थ्य परीक्षण गराउँदा रोग पत्ता लागेन । त्यसपछि उनी ओम अस्पताल पुगिन् ।

अस्पतालका चिकित्सक जागेश्वर गौतम र सुुपात्र कोइरालाले पाठेघरको आधा भाग सिलाइएका कारण अर्को बच्चा नहुने र सधैंभरि पेट दुखेर रक्तस्राव भइरहने रिपोर्ट गत असार १६ गते दिएपछि पार्वतीले डा. शर्मा र प्रसूति गृहविरुद्ध उजुरी गरेकी हुन्। – आजको नागरिक दैनिकबाट