काठमाडौं– चाडपर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न ? हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन् ।


ADVERTISEMENT


विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण पिलर प्रमुख एवं प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौं उपत्यकामा अन्य समयको भन्दा चाडपर्वका बेला बढी यस्ता अपराध हुने गरेको बताउँछन् ।

महाशाखाले दिएको एक तथ्यांक अनुसार यही साउनको १ देखि बुधबारसम्म काठमाडौंमा ४६ वटा चोरी डकैतीका घटना भएका छन् ।

ती मध्ये २३ घटनाको सफल अनुसन्धान गरिएको र ४१ अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ । त्यस्तै अपराधमा संलग्न १४ फरार रहेका छन् । – आजको गोरखपत्र दैनिकबाट