काठमाडौं– यतिखेर प्रधानमन्री केपी शर्मा ओली न्युयोर्कमा व्यस्त छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटमा व्यस्त रहेका छन् । विश्वका शक्तिशाली देशका नेताहरूसँग भेटवार्ता गर्ने अवसर पाएको उनीनिकट स्रोतले जनाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा सहभागी भए । उनले ट्रम्पसँग संक्षिप्त कुराकानी पनि गरेका छन् । आज बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई उनले सम्बोधन गर्दै गर्दै छन् ।


ADVERTISEMENT

# # #


बुधबार मात्रै प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बेरसेटसँग तथा कोलम्बियाका राष्ट्रपति इभान डुक मार्रकेजसँग भेटवार्ता गरेका थिए । उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि सोही अवसरमा भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीले बेलायतकी प्रधानमन्त्री थेरेसा मेसँग पनि भेटवार्ता गरेका छन् । महासभामा भाग लिन न्युयोर्क पुगेका अन्य विभिन्न देशका प्रतिनिधिसँग पनि प्रधानमन्नी ओलीले भेटवार्ता गरे ।

एसिया सोसाइटीले बुधबार न्यु योर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक बहसमा पनि प्रधानमन्त्री ओली सहभागी भएका छन् । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले सञ्चालन गरेको सार्वजनिक व्याख्यान कार्यक्रममा उनले सम्बोधन गरेका छन् ।

महासभामा सम्बोधनपछि प्रधानमन्त्री ओली न्युयोर्कबाट कोस्टारिकाको भ्रमणमा जाने कार्यक्रम छ । उनी असोज ६ गते २० सदस्यीय प्रतिनिधिमण्डसहित अमेरिकातर्फ प्रस्थान गरेका हुन् । प्रम ओली असोज १७ गते स्वदेश फर्किने कार्यक्रम छ ।

तस्बिरहरू : रासस र परराष्ट्र मन्त्रालय