बझाङ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले तोकिएको समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


नेपाली काँगेसको चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुगेका पाण्डेले प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै यसैवर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


सबैलाई सहमतिमा ल्याएर निर्वाचन सफल गराउन सरकार लागि रहेको पाण्डेको भनाइ थियो । राजनीतिक स्थिरता, संविधानको सफल कार्यान्वयन, समृद्धि र विकासका लागि काँग्रेसलाई विजयी गराउनुपर्ने उनले बताए।

हरेक आन्दोलनमा लोकतन्त्रको रक्षाका लागि काँग्रेस लचिलो हुने गरेको केन्द्रीय सदस्य पाण्डेको भनाइ थियो ।रासस