काठमाडौँ– बंगलादेशमा हुने एसीसी यू १९ एशिया कपमा सहभागिता जनाउने नेपाली टोलि त्यसतर्फ प्रस्थान गरेको छ । क्रिकेट संघकी पूर्व कार्यकारी अधिकृत तथा आईसीसीको नेपाल समन्वयकर्ता भावना घिमिरेले टोलिलाई आज बिहान विदाई गरेकी हुन् ।


ADVERTISEMENT


सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसंगै समूह ए मा विश्वविजेता भारत, साविक यू-१९ एशिया कप विजेता अफगानिस्तान र यूएईसमेत रहेका छन् । अघिल्लो वर्ष भारत यू-१९ लाई पराजित गरेको नेपालले भर्खरै भारतमा चौकोणात्मक यू-१९ एक दिवसीय सिरिज खेलेर आएको थियो । जस अन्तर्गत भएका चारमध्ये एक खेलमा मात्रै जित हासिल गरेको थियो ।


ADVERTISEMENT

# # #


बंगलादेश प्रस्थान गर्नुअघि नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दासले अघिल्लो चरणमा पुग्नु टिमको लक्ष्य भएको बताए । नेपालले सेप्टेम्बर २९ मा भारत यू–१९ टोलिको सामना गर्नेछ ।

नेपाली टिमको कप्तानी मोहम्हमद आशिफ शेखले गर्ने छन् । टिममा रोहित पौडेल, भीम सार्की, पवन सर्राफ, सन्दीप जोरा, तृतराज दास, रित गौतम रहेका छन् । यस्तै कमलसिंह ऐरी, रासिद खान, नन्दन यादव, रविन्द्र जंग शाही, अरुण ऐरी, रवी शाह, सागर ढकाल र सूर्य तामाङ रहेका छन् ।