काठमाडौँ– संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै)को दोस्रो अधिवेशन अन्त्य भएको छ । २०७५ वैशाख २३ गतेदेखि सुरू भएको संसद बैठक आज राती १२ बजेदेखि लागू हुने गरी सकिएको हो ।


ADVERTISEMENT


सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र बाचन गरी आज राती देखि अधिवेशन अन्त्य हुने जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


१३५ दिन बसेको बैठकमा मौलिक हकसम्बन्धी १६ विधेयकसहित १८ विधेयक पारित भए। संसद बैठकले नियमावली र बजेट पारित गर्‍यो भने राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएता पनि राष्ट्रियसभाबाट पारित हुन बाँकी छ।

संसदमा २ वटा सार्वजनिक प्रस्ताव दर्ता भए भने १ वटा सार्वजनिक विषयवस्तुमा ध्यानाकर्षण प्रस्ताव छलफल भयो। संसद बैठकका प्रधानमन्त्रीले ६ पटक र ३ पटक गृहमन्त्रीले सम्बोधन गरे।

संसदको यस अधिवेशनमा संसदीय समितिहरूको गठन र सभापतिसमेत चयन गरियो। सांसद र मन्त्रीहरूबीच प्रश्नोत्तर कार्यक्रम पनि गरिएको सभामुख महराले बताए ।

संसद अधिवेशन अन्त्य गर्दै सभामुख महराले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा सरकारले प्रतिवद्धता गरेको कामकारबाहीप्रति विशेष निगरानी राख्न सांसदहरूलाई आग्रह गरे।

सरकारले आवश्यक परेमात्र अब अर्को अधिवेशन डाक्नेछ ।