मोरङ– सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ । सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो ।


ADVERTISEMENT


व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन् । गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ । एक साताअघि केजीको ६५ रुपैयाँमा पाइने चिनी अहिले ८० रुपैयाँ पुगेको छ ।


ADVERTISEMENT

# # #


विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रतिकेजी ५४ मा पाइने चिनी यहाँका सर्वसाधारण २६ रुपैयाँ महँगो तिर्न बाध्य छन् । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य प्रतिकिलो ५९ यथावत राखेको छ । माटभटेनीले यो दरमा एक उपभोक्तालाई दुई किलो मात्रै चिनी दिँदै आएको छ । – आजको कान्तिपुरबाट