काठमाडौं– बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा आधारित चलचित्र ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ ।


ADVERTISEMENT


सन् १८१४ को देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज र नेपाल युद्धमा नेपाली फौजका कप्तान वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई यस फिल्मको मुख्य बिषयबस्तु बनाइएको हो ।


ADVERTISEMENT

# # #


रिमेश अधिकारीले निर्देशन गरेको चलचित्रलार्इ मनोज शाक्यले निर्माण गरेका हुन् । चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा विपिन मल्लको सम्पादन, बसन्त घर्तीमगर र अच्यूत गजुरेलको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने रिमेश अधिकारी र कृष्ण आचार्यले यो चलचित्रको स्क्रीप्ट तयार पारेका हुन् ।

टिजर हेर्दा चलचित्रको मेकिङ निकै नै लोभलाग्दो देखिएको छ ।

हेर्नुहोस टिजर: