बाजुरा– गौमूल गाउँपालिका क्षेत्रभित्र मदिरा सेवनकर्तालाई परिचयपत्र अनिवार्य गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक व्यंग्य गरियो ।


ADVERTISEMENT


गाउँपालिकाले बनाएको ‘मदिरा सेवन परिचयपत्र’लाई सेयर गर्दै सामाजिक सञ्जालमा खिल्ली उडाइयो । तर गाउँपालिकाको यो कदमले स्थानीय स्तरमा छोटो समयमै प्रशंसा पाउन थालेको छ । मदिरा सेवन परिचयपत्र लागू गरेपछि गाउँमा मदिरा सेवन गरी होहल्ला गर्नेको संख्या उल्लेख्य रूपमा कमी आएको छ ।


ADVERTISEMENT

# # #


‘गाउँमा जति पनि झैझगडा र कुटपिटका घटना हुन्थे, न्यायिक समितिमा आउने हरेक मुद्दाका पछाडि मदिरा जोडिन्थ्यो’, गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सीता थापाले भनिन्, ‘परिचय वितरणपछि न्यायिक समितिमा आउने मुद्दाका संख्या ह्वात्तै घटेको छ ।’

गाउँपालिकाका अध्यक्ष हरि रोकायले आफूहरूको यो कदमलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य भए पनि समाजमा भने राम्रो असर पारेको बताए । – आजको राजधानी दैनिकबाट