रौतहट– प्रदेश नं. २ का मुख्य मन्त्री शेख लालबाबु राउतले एसिड प्रहार गर्ने अपराधीलाई फाँसीको सजाय हुनु पर्ने बताएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ चन्द्रनिगाहपुरमा एसिड प्रहारबाट मृत्यु भएकी १८ वर्षीया सम्झना दासको परिवारलाइ राहत प्रदान गर्दै मुख्य मन्त्री राउतले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


अर्काको ज्यान नै लिने गरी भएको अपराधको घोर निन्दा गदै मुख्य मन्त्री राउतले त्यस्ता अपराधीलाई फाँसीको सजाय हुनु पर्ने बताए । उनले भने, ‘एसिड प्रहार गर्ने अपराधीलाई कडा भन्दा कडा कार्वाही गर्न प्रदेश सरकारले कुनै कसुर बाँकी राख्दैन ।’ यस्ता अपराधका घटनाहरुलाइ न्युनीकरण गर्नको लागि पनि फाँसीको व्यवस्था हुनु पर्ने मख्य मन्त्री राउतको भनाई थियो । – आजको राजधानी दैनिकबाट


ADVERTISEMENT

# # #