दार्चुला– चालू आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणका लागि रु साढे चार करोड बजेट विनियोजन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिल्लामा एचटी एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि रु चार करोड ६० लाख बजेट विनियोजन भएको हो ।


ADVERTISEMENT


विद्युतीकरण भएका तथा नभएका क्षेत्रमा रकम विनियोजन भएको छ । जिल्लामा हालसम्म राष्ट्रिय विद्युत्को प्रसारण नपुगेको अपी हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका लागि एक/एक करोड बजेट विनियोजन गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै शैल्यशिखर नगरपालिकाको मल्चौरादेखि बनतोलीसम्म विद्युतीकरणका लागि रु १५ लाख, मालिकार्जुन र लेकम गाउँपालिकामा विद्युतीकरणका लािग रु १५ लाख बजेट विनियोजन भएको छ । दुहू गाउँपालिकामा विद्युतीकरणका लागि रु ३० लाख तथा महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा विद्युतीकरणका लागि रु एक करोड बजेट विनियोजन भएको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिवालयका जनसम्पर्क अधिकृत मञ्जु वमले जानकारी दिईन् । दार्चुलाको व्यास गाउँपालिकाका लागि भने विद्युतीकरणमा बजेट विनियोजन भएको छैन् । व्यास गाउँपालिकामा मन्त्रालयको बजेट छुटेको रहेछ उनले भनिन्, व्यासको लागि पहल भइरहेको छ । बजेट नपुगेको क्षेत्रमा तत्काल प्रदेशमा पठाइएको बजेटबाट सम्बोधन गरिने उनले बताईन् ।

मन्त्रायबाट प्रदेशका लागि ६० करोड बजेट विनियोजन भएको छ । पहिलो चरणमा रु ३८ करोड तथा थप बजेट माग भएपछि रु २२ करोड बजेट थपिएको छ । दुवै बजेटबाट प्रदेश नम्बर ७ का ९ वटै जिल्लामा बजेट विनियोजन गरिने बमले बताईन् । जसअनुसार दार्चुलाको थप ५ करोड बजेट छुट्टिनेछ ।

सङ्घीय मन्त्रालयबाट विनियोजित बजेट सिधै गाउँपालिकाले सम्बन्धित शीर्षकमा खर्च पाउनेछन् । दार्चुलाको यसअघि विद्युतीकरणको शुरुवात नभएको क्षेत्रको लागि पहिलो चरणमा बढि बजेट विनियोजन गरिएको अधिकृत बमले बताईन् । नौगाड अपिमा हालसम्म राष्ट्रिय विद्युत लाइन विस्तारको काम शुचारु भएको छैन् । मार्मा दुहुँ लेकमलगायतका अन्य गाउँपालिकामा गत वर्षबाट विद्युतीकरणको काम शुरुवात भएको छ । रासस