काठमाडौँ– विश्व पर्यटन दिवसको अवसरमा दुई नयाँ स्थललाई म्याराथन घोषणा गरिएको छ ।


ADVERTISEMENT


खेल पर्यटनको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन र लुम्बिनी शान्ति म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसन्सले काठमाडौँ र पोखराका स्थललाई ‘पोखरा माउन्टेन म्याराथन’ र ‘काठमाडौँ माउन्टेन म्याराथन’ को घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


एक्सपिडिसन्सका संस्थापक विक्रम पाँडेकाजीका अनुसार कास्कीको धम्पुसबाट शुरु हुने ’पोखरा माउन्टेन म्याराथन’ तान्चोककोट हँदै टाकुरा टाकुराहरुमाथि दौड गर्दै ऐतिहासिक पाँचकोट (चन्द्रकोट, कास्कीकोट, पादुरकोट र सराङ्गकोट) छिचोल्दै फेवा किनारमा आएर समापन हुनेछ ।

त्यसैगरी काठमाडौं र ललितपुर क्षेत्रको पुराना नेवारी बस्तीलाई समेटने ‘काठमाडौँ माउन्टेन म्याराथन’ चोभारबाट शुरु भई खोकना, बुङ्गमती, टीकाभैरव, चापागाउँ, बज्रबाराही, थैब, बिशङ्खुनारायण हुँदै गोदावरीमा पुगेर समापन हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नवीनतम् पर्यटन गतिविधिहरु शुरु गरिएकामो प्रशंसा गर्दै भने, “हामी सबै बुद्ध बन्न चाहान्छौं तर सिद्धार्थ गौतमले जस्तो भौतिक माया मोह छोड्न कोही तयार हुँदैनौँ । मैले यो कुरा शीर्ष नेताहरुको बैठकमा बारम्बार उठाएको छु ।”

पर्यटन देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले पर्यटनको विकासका लागि सबै पक्षलाई समेट्दै निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले आवश्यक सुविधा र प्रोत्साहन दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठले पर्यटनमा सिर्जनशीलता आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनमा प्रेरणादायी भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन् ।

फोटो पत्रकार (पीजे) क्लब नेपालका अध्यक्ष विकास कार्कीले म्याराथन अभियानमा आफ्नो संस्थाले सहकार्यका साथ पर्यटकीय गतिविधिलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताए ।

म्याराथनका परिकल्पनाकार पाँडेकाजीले ओझेलमा परेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक धरोहरलाई म्याराथनको माध्यमबाट प्रकाशमा ल्याई पर्यटन प्रवद्र्धनका रुपमा विकसित गर्दै स्थानीयवासीलाई पनि फाइदा पुग्ने गरी काम गरिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल र भारतलगायत अन्य देशमा रहेका बौद्ध सम्पदा प्रवद्र्धन गर्न बनाइएको वेबसाइट (www.buddhIstcIrcuIts.com) को शुरुवात गरिएको थियो । उक्त वेबसाइटमा बौद्ध पर्यटनका विभिन्न कार्यक्रम तथा गतिविधि समावेश छ ।

म्याराथनमा सहयोग पु¥याउने नेपाल पर्यटन बोर्डका मिडिया संयोजक शरद प्रधान, अन्नपूर्ण पोष्ट दैनिकका चार्लुस हेभिल्याण्ड (बीबीसी) र कुमार श्रेष्ठलाई जनही रु २५ हजार राशिको माउन्ट एभरेष्ट म्याराथन सद्भाव पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै म्याराथनको ६० किलोमिटर लामो ’एभरेष्ट एक्स्ट्रीम अल्ट्रा दौड’ तीन पटक जितेर ‘ह्याट्रिक’ गर्ने नेपाली सेनाका धावक तीर्थ तामाङलाई रु २५ हजार राशिको ‘बैकुण्ठ मानन्धर पुरस्कार’ प्रदान गरिएको थियो ।

भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा पुरानो मायादेवी मन्दिरसँगै रहेको प्राचीन पिपलको रुखको बीउ वंश बचाउँन ‘टिस्यु कल्चर’ प्रविधिबाट विरुवा उत्पादन गरी देश विदेशमा वितरण गर्दै आएका रुपन्देहीका शब्बिर अहमद खानलाई रु २७ हजार ७७५ राशिको लुम्बिनी शान्ति म्याराथन सद्भाव पुरस्कार प्रदान गरियो ।

पीजे क्लब फोटो पुरस्कार
फोटोपत्रकारहरुको संस्था पीजे क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘नेपाल फोटो प्रतियोगिता’ मा समावेश भएका चार फोटो पनि पुरस्कृत भएका थिए ।

प्रतियोगिताको खेलकूद विधामा प्रथम पुरस्कार हासिल गर्ने ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०१८’ को फोटोले सगरमाथाको उचाइ बराबर रु आठ हजार ८४८ राशिको माउन्ट एभरेष्ट सद्भाव पुरस्कार पायो । उक्त फोटो नागरिक र रिपब्लिका दैनिकका प्रतिक रायमाझीले खिचेका थिए ।

त्यसैगरी प्रतियोगितामा स्थानीय जनजीवन झल्काउने तीन उत्कृष्ट फोटोलाई दर्शक छनौटको आधारमा रु पाँच हजार ५५५ राशिको पुरस्कार प्रदान गरियो । पुरस्कृत हुनेमा दुर्गा राना मगर (कास्की), श्रीकृष्ण खत्री (भक्तपुर) र वासुदेव वर्मा (कपिलवस्तु) रहेका छन् ।

ग्यास्ट्रोनोमी पर्यटन
पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले शुरु गरेको ग्यास्ट्रोनोमी पर्यटनलाई सहयोग पु¥याउने हेतुले हिमालय एक्सपीडीसन्स् परिसर सानेपामा खुल्न लागेको नुवाकोट घर चाइम्स रेष्टुरेन्टले तयार पारेको नयाँ परिकार ’डक टिक्का मसाला’ को पनि बिहीबार शुरुवात गरिएको थियोे । रासस