काठमाडौँ– एलिजा गौतम निर्मित चलचित्र ‘अनुराग’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । राजधानीका विभिन्न हलहरुमा मानिसहरुको घुँइचो लागेको छ ।


ADVERTISEMENT


फिल्मका अभिनेत्री तथा निर्मात्री एलिजा गौतमले चलचित्रले नयाँ पुस्ताको मन जित्न सफल हुने बताएकी छन् । सबै चलचित्र परिवारका सबै सदस्य बसेर हेर्न नमिल्ने तर अनुराग एकै ठाउँमा बसेर हेर्न मिल्ने खालको भएको गौतमले बताएकी छन् । चलचित्र पूर्णरुपमा प्रेम कहानीमा आधारित रहेको छ ।


ADVERTISEMENT

# # #


चलचित्रका नायक समुद्र पण्डितले सो चलचित्र एक पटक सबैले हेर्नैपर्ने खालको रहेको बताएका छन् ।

चलचित्रमा ‘अनु’ र ‘राग’ लाई प्रमुख पात्रका रुपमा उभ्याइएको छ । चलचित्रले सामाजिक सन्देश बोकेको नायक पण्डितले बताए । चलचित्रमा पाँच गीत समाविष्ट छन् । चलचित्रम गौतम र पण्डित मुख्य भूमिकामा छन् भने बालनायकका रुपमा रुपा राग मुख्य भूमिकामा रहेका छिन् ।