काठमाडौं – सुन्दर नगरी पोखरामा हुने पोखरा प्रिमिएर लिग (पीपीएल) ट्वान्टी –२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको खेलाडी अक्सन आइतबार हुने भएको छ । अक्सनमा १ सय ७९ खेलाडीले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।


ADVERTISEMENT


खेलाडी दर्ताका लागि आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले गत असोद्द २ गतेदेखि आवेदन खुला गरेको थियो । प्रतियोगितामा कुल ६ टिमले प्रतिस्पर्धा गर्ने छन । आयोजकका अनुसार हरेक टोलिमा कम्तिमा १५ र बढीमा १८ खेलाडी आवद्ध गर्न पािइनेछ । जसमा अक्सनबाट कम्तिमा १० खेलाडी अनुबन्ध गर्नुपर्नेछ भने २ जना अन्तराष्ट्रिय खेलाडी हुनेछन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी ३ श्रेणीमा विभाजन गरिनेछ । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजार रुपैयाँ राखिएको छ भने अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँ राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य पनि ५० हजार राखिएको छ भने अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ ।

अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ राखिएको पिपिएलका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

यसअघि बिहीबार राजधानीमा एक कार्यक्रमको आयो.जना गरी पीपीएलका लागि ६ वटा टिम र ६ वटा रणनीतिक खेलाडी सार्वजनिक गरिएको थियो । प्रतियोगितामा विरानगर टाईटन्स, चितवन राईनोज्, काठमाण्डौँ रोयल्स्, पोखरा पल्टन, बुटवल ब्लास्टर र एक्स्पर्ट धनगडी ब्लुज प्रतिस्पर्धा गर्नेछन् ।

विरानगरबाट सन्दिप लामिछाने, चितवन राईनोजका लागि पारस खड्का, काठमाण्डौँ रोयल्सबाट जानेन्द्र मल्ल, पोखरा पल्टनबाट सरद भेषवाकर, बुटवल ब्लास्टरबाट सोमपाल कामी र एक्स्पर्ट धनगडी ब्लुजबाट दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी घोषित भएका छन् ।

प्रतियोगिता कार्तिक ९ गतेदेखि सञ्चालन हुनेछ ।