धनगढी– प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै धनगढी वासीले आज पनि आन्दोलन जारी राखेका छन् । ‘वन मास्न पाइदैन’, ‘मुख्य मन्त्री राजिनामा दे, वन माफिया होसियार’ जस्ता नारा लगाउँदै स्थानीय बिहानैदेखि नाराबाजीमा उत्रिएका छन्।


ADVERTISEMENT


यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विशेष सुझाव समितिले ७ नम्बर प्रदेशको नाम र राजधानीका विषयमा संसदमा पेश गरेको सुझावको विरोध गर्दै कांग्रेसले प्रदेशसभाको बैठक अवरुद्ध गरेको हो ।


ADVERTISEMENT

# # #


शुक्रबार बिहान बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले राजधानी र नामका विषयमा गरिएको प्रस्तावको उठेर विरोध गरेका थिए

यसअघि मंगलबार प्रदेश सभाले बनाएको समितिले गोदावरीलाई राजधानी सिफारिस गरेको थियो । यही विषयलाई लिएर धनगढीमा विरोध भइरहेको छ । धनगढीका उपमहानगरका मेयर नृप वड आफैं आन्दोलनमा उत्रिएका छन् । उनकै अगुवाइमा बुधबार प्रदेशसभा अगाडि प्रदर्शन भएको थियो ।

तर, प्रदेश सातको राजधानी धनगढी कायम नगरिए प्रदेश सभा भवनलाई आगो लगाएर ध्वस्त पार्ने धम्की दिएको आरोप लगाउँदै प्रदेश सांसदले उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।