एजेन्सी– प्रशान्त महासागरको माइक्रोनेशियामा एक हवाई जहाज समुन्द्रमा अवतरण गरेको छ । माइक्रोनेशियाबाट पपुवा न्यूगिनीको राजधानी पोर्ट मोरेस्बी लागि उडेको जहाज समुन्द्रमा अवतरण गरेको हो ।


ADVERTISEMENT


माइक्रोनेशिया पोन्पेइबाट उडेको एयर नियुगिनीको यो विमान माइक्रोनेशिया कै चूक एयरपोर्टमा अवतरण नगर्दै समेद्रमा खसेको हो ।


ADVERTISEMENT

# # #


विमान समुद्रमा पुगेपछि केही स्थानीयहरु ढुंगा लिएर त्यहा पुगेर ३६ यात्रु र ११ चालक दलका सदस्यलाई बचाउन मदत गरे । अस्पतालका अधिकारीका अनुसार उद्दार गरिएका यात्रु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

एयर न्यूगिनीले बताए अनुसार उसको विमान रनवेमा कम भिजिविलिटी भएका कारण रनवे नपुग्दै समुद्रमा खसेको थियो । वर्षाका कारण विमानस्थल वरापर बाक्लो हुस्सु लागेको बताइएको छ ।

विमानबाट निस्किन सफल एक यात्रुका अनुसार विमानभित्र कम्मरसम्म पानी पसिसकेको थियो ।

‘विमान अवतरण हुँदा ड्याङ्ग गरेको थियो, मैले धावन मार्गमा नै अवतरण भएको सोचेँ । तर बाहिर हेर्दा थाहा भयो कि हामी समुद्रमा थियौं,’ उनले भने ।