काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याएको छ ।


ADVERTISEMENT


शुक्रबार ट्राफिक महाशाखामा पत्रकार सम्मेलन आयोजना गर्दै ट्राफिक प्रहरीले चाड पर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना लागू गरेको बताएको हो ।


ADVERTISEMENT

# # #


यस्तै भिडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाक समेत प्रहरी परिचालन गरी निगरानी गरिने महाशाखाले जनाएको छ । टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरु तथा यातायातसंग सरोकार राख्ने व्यक्तिहरुको सहजै पशिचानका लागि परिचय पत्रको व्यवस्था गर्न लगाइएको पनि महाशाखाले जनाएको छ ।

नागढुंगा सडकमा ठूला मालबाहक सवारी बिग्रेर घण्टौँसम्म हुने जामलाई हटाउन ४० टन क्षमताका क्रेनसमेत राखिएको छ । यस्तै यात्रुहरुको पिरमर्का र गुनासो सम्बोधनका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको महाशाखाको भनाई छ ।

दशैँ, तिहार तथा छठ पर्वमा सवारी चाप हुने काठमाडौँका मुख्य स्थानहरुमा डाइभर्सनको समेत व्यवस्था गरिनेछ ।