• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




फस्टाउँदै चिया पर्यटन

Sep 28, 2018 |

फस्टाउँदै चिया पर्यटन

292
SHARES
ShareTweet

पशुपतिनगर– चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



चियाको हरियालीमा रमाउन यहाँ आउने पर्यटकको सङ्ख्या बढेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा होमस्टे (घरबास) र होटल खुल्नेक्रम बढेको छ । नेपालमा पहिलो पटक चिया रोपण र उत्पादन गरिएको सदरमुकामस्थित इलाम चिया बगान, कन्याम, अन्तु, पानीटार, फिक्कल र साँखेजुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आउने गरेका छन् । सूर्योदय नगरपालिका–७ कन्याम चिया बगानमा वार्षिक तीन लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भ्रमण गर्न आउने गरेको तथ्याङ्क छ । चिया रोपण, उत्पादन र प्रशोधनको अध्ययन तथा अवलोकनसँगै यहाँको मौसममा रमाउनका बाह्रैमास पर्यटक आउने गरेको प्रदेश सांसद काजीमान कागते बताउँछन् ।

गाउँमा चियाखेतीको अवस्था, किसानको जीवनशैली, घरेलु चिया उत्पादन गर्ने तरिका, चियाबारीभित्रको रमणीय दृश्यका साथै स्थानीयवासीले उत्पादन गरेको हातेचियाको स्वादमा रमाउन पर्यटक आउने गरेका छन् । उनीहरुले चिया पर्यटनको व्यवस्थित विकासका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएका छन् । कन्याम चिया बगान घुम्न आएका दयाराम दाहाल चिया पर्यटन विकासका लागि सरकारी निकायको लगानी आवश्यक भएको बताउँछन् ।

चियाबाट देशको अर्थतन्त्रको विकाससँगै पर्यटनको प्रवद्र्धनका माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने पर्यटन व्यवसायी बिनु खड्काले बताए । चिया बगानको अवलोकनसँगै साइक्लिङ र लामो पदयात्राको प्रशस्त सम्भावना रहेकाले कन्याम र इलाम सदरमुकामको ऐतिहासिक चिया बगान पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको खड्का बताउन्छन् । चिया बगानमा असोज पहिलो सातादेखि वैशाख अन्तिम सातासम्म पर्यटकको भीड लाग्छ ।


#




#
#

#











#

#


Share:

Rate:

Previousसंविधान संशोधन आवश्यक छ : नेता पौडेल
Nextदशैँ लक्षित सहुलियत पसल सञ्चालन, घ्यूमा प्रतिकिलो रु ५० छुट (सूचि)

ताजा खबर

  • शुक्लाफाँटा निकुञ्ज सफारी बन्द
  • सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह
  • मितेरी पुल निर्माण गरी आवागमन सुचारु गर्न चीनसँग समन्वय गरिने
  • ‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’
  • नेपाली भूमि आतङ्कवादी क्रियाकलापमा प्रयोग हुन नदिन सकर्तता अपनाउनु पर्नेमा जोड

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved