काठमाडौँ– बंगलादेशमा शनिबारदेखि सुरु हुने एसीसी यू–१९ एशिया कपमा नेपालले शनिबार भारतसंग प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा रहेको नेपाल यू-१९ले आफ्नो पहिलो खेलमा भारत यू-१९ को सामना गर्न लागेको हो ।


ADVERTISEMENT


नेपालसंगै समूह ‘ए’ मा विश्वविजेता भारत, साविक यू–१९ एशिया कप विजेता अफगानिस्तान र यूएई रहेका छन् । अघिल्लो वर्ष भारत यू-१९ लाई पराजित गरेको नेपाल फेरि पनि इतिहास दोहोर्याउने रणनीतिमा रहेको छ । खेल बंगलादेशको ‘बीकेपीए ३’ मैदानमा नेपाली समय अनुसार बिहान ८ ४५ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


नेपालले यसअघि भारतमा चौकोणात्मक यू–१९ एक दिवसीय सिरिज खेलेर आएको थियो । जस अन्तर्गत भएका चारमध्ये एक खेलमा मात्रै जित हासिल गरेको थियो । उक्त सिरिजमा नेपालले भारत यू १९ संग ८ विकेटले पराजित भएको थियो ।

उक्त सिरिजमा नखेलेका नेपाली सिनियर टिमका युवा स्टार रोहित पौडेल सहितको नेपाली टोलि बंगलादेश बिहीबार प्रस्थान गरेको थियो । नेपाली टोलीको कप्तानी आशिफ सेखले गर्नेछन् । १५ सदस्यीय टोलिमा रोहित पौडेल, भीम सार्की, पवन सर्राफ, सन्दीप जोरा, तृतराज दास, रित गौतम रहेका छन् । यस्तै कमलसिंह ऐरी, रासिद खान, नन्दन यादव, रविन्द्र जंग शाही, अरुण ऐरी, रवी शाह, सागर ढकाल र सूर्य तामाङ रहेका छन् ।

बंगलादेश प्रस्थान गर्नुअघि नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दासले अघिल्लो चरणमा पुग्नु टिमको लक्ष्य भएको बताएका थिए ।