काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ । बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १५० प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ ।

यस्तै ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका १०६ प्राविधिकलाई विभिन्न स्थानीय तहमा सरुवा गरेको छ । यसैगरी यो सरुवासँगै स्थानीय तहमा करिब ३१ हजार कर्मचारी पुगेका छन् ।

ओएनएम सर्भे रिपोर्टका अनुसार ७५३ स्गानीइ तहमा करिब ५७ हजार कर्मचारी चाहिन्छ । – आजको नागरिक दैनिकबाट