काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, कानून र नीतिहरुले ज्येष्ठ नागरिकको अधिकार संरक्षण गरेकाले तिनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज दिएको सन्देशमा उनले राष्ट्रका सम्पूर्ण ज्येष्ठ नागरिकको शान्त, सुखी, स्वस्थ र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै तिनको अधिकारका लागि अमूल्य योगदान दिएका सम्पूर्ण अभियानकर्मीमा सम्मान व्यक्त गरेकी छन् । “जीवनको अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप, अनुभव र ऊर्जालाई समाजोपयोगी कार्यमा लगानी गर्नुभएका ज्येष्ठ नागरिकहरू निश्चय नै राष्ट्रका धरोहरका रूपमा आदरणीय हुनुहुन्छ । ज्येष्ठ नागरिक ज्ञानका महत्वपूर्ण स्रोत भएकाले उहाँहरुको विचार समाजमा ल्याउनुपर्दछ”, सन्देशमा भनिएको छ ।


ADVERTISEMENT

# # #


माया, ममता र करुणाका सागर ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबाबु, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने हाम्रो पूर्वीय दर्शनमा आधारित आदर्श परिवार बनाउन आजको दिनले सम्बद्ध सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेकी छन् ।