काठमाडौं – मलेसिया हुने टी–२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । च्याम्पिियन बन्ने लक्ष्यसहित पारस खड्काको कप्तानीमा रहेको टोली अपराहृन १ बजे मलेसिया उडेको हो ।


ADVERTISEMENT


विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । नेपालले पहिलो खेल पर्सी बुधबार म्यानमारसँग खेल्नेछ । समुहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् ।


ADVERTISEMENT

# # #


एसियाली छनोट ‘ए’बाट यूएई, कतार र कुवेत शीर्ष तीनमा आइसकेका छन् । समूह ‘बी’बाट तीन टोली थपिएर ६ देशबीच खेल हुनेछ र त्यसमा शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

१४ सदस्यीय नेपाली टिममा तीन वर्षपछि प्रदीप ऐरीले पुनरागमन गरेका छन् । यस्तै गत अगस्टमा नेदरल्याण्डको एकदिवसीय खेलमा घाइते भएका शरद भेषवाकरले पनि टिममा फर्किएका छन् ।

नेपाली टोली :

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
अनिलकुमार शाह
वसन्त रेग्मी
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित भण्डारी
ललितनारायण राजवंशी
प्रदीप ऐरी
आरिफ शेख
सन्दिप लामिछाने
शरद भेषावकर
सोमपाल कामी

खेल तालिका

असोज १७ गते (बुधबार)      :  नेपाल र म्यानमार
असोज २० गते (शनिबार)    :  नेपाल र मलेसिया
असोज २१ गते (आइतबार)  :  नेपाल र थाइल्याण्ड
असोज २३ गते (मंगलबार)  :  नेपाल र भुटान
असोज २४ गते (बुधबार)      :  नेपाल र चीन
असोज २६ गते  (शुक्रबार)     :  नेपाल र सिंगापुर