काठमाडौँ– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपाको आन्दोलनले स्थानीय तहको निर्वाचनमा मधेसी जनताको मताधिकार खोसिने बताएका छन् ।


ADVERTISEMENT


विराटनगरस्थित आफ्नै निवासरमा आज सञ्चारकर्मीसंग यादवले प्राप्त उपलब्धी संस्थागत गर्न र अधिकार प्राप्तीका लागि निर्वाचनमा आउन राजपालाई आग्रह गरे।


ADVERTISEMENT

# # #


यादवले भने, ‘जनताले निर्वाचन चाहेकाले जस्तोसुकै आन्दोलनले पनि मतदान गर्न रोक्न सक्दैन ।’ दुई चार सहरमा आफ्ना कार्यकर्तालाई उतारेर मधेशी समुदायले चाहेको स्थानिय तहको नेतृत्वको लागि हुने निर्वाचन राजपाले रोक्न नसक्ने यादवको दाबी छ ।

मुलुकलाई राजनीतिक निकास दिन जनताको समर्थन आवश्यक भएकोले निर्वाचनमा सहभागी हुनुको विकल्प नभएको यादवले बताए । पटक पटकको आन्दोलनले उपलब्धी भन्दा पनि मधेसी मारिदै आएकोले मुलुकलाई राजनीतिक निकास दिन निर्वाचनमा सहभागी हुनुको विकल्प नभएको यादवको भनाई छ