एजेन्सी– लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुपर्ने डिएगो म्यारोडोनाले बताएका छन् ।


ADVERTISEMENT


‍रसियामा हालै सम्पन्न विश्वकपमा खराब प्रदर्शन गरेका मेसीले राष्ट्रिय टोलीबाट केही समयका लागि विश्राम लिएका छन् ।


ADVERTISEMENT

# # #


अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना विश्व कपबाट बाहिरिएको थियो । कमजोर प्रदर्शनका कारण प्रशिक्षक जोर्जे साम्पोलीले पद त्यागेका थिए भने मेसीले सेप्टेम्बरमा ग्वाटेमाला र कोलम्बियासँगको मैत्रीपूर्ण खेल खेलेका थिएनन् ।

यसअघिनै सन् २०१६ मा सन्यासको घोषणा गरेका मेसीलाई म्यारोडोनाले फेरि सन्यास लिन सुझाव दिएका हुन् । फेरि फर्केर राष्ट्रिय टोलीमा नजान आग्रह गर्दै म्यारोडोनाले भने, ‘मेसीलाई के भन्न चाहन्छु भने फेरि फर्केर राष्ट्रिय टोलीमा नजाऊ । सन्यास घोषणा गर ।’

हाल मेक्सिकन क्लब डोराडोसको प्रशिक्षण सम्हालेका म्यारोडोनाले अर्जेन्टिनाले हार्ने हरेक खेलको दोष मेसीलाई नै लाग्ने भएकाले सन्यास लिन सुझाव दिएका हुन् । ‘यदि यू–१५ मा अर्जेन्टिना पराजित हुँदा पनि त्यो मेसीकै गल्तिले हुन्छ । जो जहाँ पराजित भए पनि त्यसको दोष सबै उनीमाथि जान्छ । त्यसैले म भन्छु –अब फर्केर नजाऊ।’

म्याराडोनाले यसै सिजनदेखि मेक्सिकन टोलीको जिम्मेवारी सम्हालेका हुन् ।