काठमाडौं–बंगलादेशमा आजदेखि बंगबन्धु गोल्डकपको नयाँ संस्करण सुरू हुँदैछ । डिफेन्डिङ च्याम्पियन नेपालले उद्घाटन खेलमा मंगलबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरूवात गर्नेछ ।


ADVERTISEMENT


बंगलादेशको सिलेट डिस्ट्रिक रंगशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरू हुनेछ । सन् २०१६ मा भएको चौथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराएर उपाधि जितेको थियो ।


ADVERTISEMENT

# # #


नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम समयमा सहभागिता निश्चित भएपछि तयारी छोटो भए पनि बलियो रहेको जानकारी दिएका छन् । प्रशिक्षक महर्जनले बंगबन्धुका लागि प्रशिक्षण समयावधि छोटो देखिएपनि टिम करिब तीन महिना अघिबाट नियमित प्रशिक्षणमा रहेका कारण खासै फरक नपर्ने बताएका हुन् ।

यद्यपी उनले एशियाकै बलियो टोलीसँग प्रतिश्पर्धा गर्नुपर्ने भएकाले केही कठिन हुने बताए । हालै सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले बलियो मानिएका ताजिकिस्तान र प्यालेस्टाइनसँग समूह चरणमै प्रतिस्पर्धा गर्नुपर्नेछ ।

फिफा बरियातामा नेपालभन्दा ४० स्थान माथि रहेको ताजिकिस्तानसँग नेपालले गत वर्ष दुई खेलमा हार ब्यहोरेको थियो । एएफसी एशियन कप छनोटको तेस्रो चरणमा नेपालले ताजिकिस्तानसँग घरेलु मैदानमा २–१ गोलको पराजय ब्यहोरेको थियो भने ताजिकिस्तानको मैदानमा ३–० ले पराजित भएको थियो ।

नियमित टोलीमा रहेका डिफेण्डर रोहित चन्द र गोलरक्षक किरण चेम्जोङ बिदेशमा व्यवसायिक लिग खेलिरहेका कारण नेपाली टोलीमा उपस्थित छैनन् । उनीहरुको अनुपस्थितिले नेपाली टोलीलाई असर पर्न सक्छ । अन्य सबै खेलाडीहरु भने साफ च्याम्पियनसिपमा सहभागिता जनाएकाहरु नै छन् ।