एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ‘अन्यायपूर्ण’ ढंगले व्यापार गर्दै आएका देशहरूविरुद्ध कर लगाउने धम्की दिएपछि ती देश व्यापार वार्ताको टेबुलमा आउन बाध्य भएको बताएका छन् ।


ADVERTISEMENT


मेक्सिको र क्यानाडासँग नयाँ व्यापार सम्झौता भएको घोषणा गर्दै उनले उक्त टिप्पणी गरेका छन् । राष्ट्रपतीय चुनावको अभियान ताकादेखि नै ट्रम्पले छिमेकी मेक्सिको र क्यानडासँगको साविकको नर्थ एटलान्टिक फ्रि ट्रेड एग्रिमेन्ट वा नाफ्टा अमेरिकाका निम्ति हानिकारक भएकाले त्यसलाई विस्थापित गर्ने भन्दै आएका थिए ।


ADVERTISEMENT

# # #


त्यसै क्रममा उनको प्रशासनले अमेरिका(मेक्सिको(क्यानडा वा युएसएमसीए भनिने नयाँ सम्झौताको घोषणा गरेको छ । सोमबार सार्वजनिक गरिएका सो सम्झौताका सयौँ पृष्ठहरूमा क्यानडाको दुग्ध उत्पादन क्षेत्र तथा मेक्सिकोको कार निर्माण क्षेत्रबारे नयाँ प्रावधानहरू उल्लेख छन् ।

अमेरिकी किसानहरूले वार्षिक करिब १६ अर्ब डलरको बजार रहेको ठानिएका क्यानाडेली दुग्ध बजारको साढे तीन प्रतिशत हिस्सामा पहुँच पाउनेछन् ।

के छ नयाँ सम्झौतामा ?
त्यस्तै उक्त नयाँ सम्झौता अनुसार युएसएमसीए क्षेत्रमा उत्पादन हुने गाडीहरूको कम्तीमा ४० प्रतिशत पार्टपुर्जाको निर्माण १६ डलर प्रतिघण्टाको न्यूनतम ज्याला दिइने क्षेत्रमा भएको हुनुपर्छ ।

राष्ट्रपति ट्रम्पले सो सम्झौता अमेरिकी किसान, गाडी निर्माण कम्पनीका श्रमिक तथा अमेरिकी उत्पादनमूलक उद्योगका निम्ति विजय भएको बताए । युनिभर्सिटी अफ क्याम्ब्रिजकी अन्तर्राष्ट्रिय व्यापार अर्थशास्त्री मेरेडिथ क्राउलेका अनुसार नयाँ प्रावधान हेर्दा क्यानडाले केवल देखावटी छूट दिएको देखिन्छ ।

“किनभने कुनै सम्झौता बेगर पनि क्यानडाले दुग्ध क्षेत्रमा राम्रो व्यापार प्रदर्शन गरिरहेको छ,” उनले भनिन् ।

साथै गाडी निर्माणमा न्यूनतम ज्यालासम्बन्धी प्रावधानका कारण अब अन्य व्यापार सम्झौतामा पनि त्यस्तै सम्झौता राख्नुपर्ने हुनसक्छ । अमेरिकामा सो प्रावधान राजनीतिक रूपमा लोकप्रिय हुने उनले औँल्याइन् ।