श्याम ठाकुर, सिरहा– मिर्चैया नगरपालिकामा सुविधा सम्पन्न वृद्धाआश्रम निर्माण हुने भएको छ । असहाय, गरिब, दलित, अपांग, जेष्ठ नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले वृद्धाश्रम निर्माण गर्ने योजना रहेको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले बताएका छन् ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा सोमबार मिर्चैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकको वृद्ध अवस्थाको साहाराका लागि नगरपालिका भित्र वृद्धाआश्रमको आवश्यक्ता देखिएकोले निकट भविष्यमा निर्माण गर्ने उदघोष गरेका हुन् । वृद्धाआश्रम निर्माण गरी गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकलाई स–सम्मान सहित राखी पालनपोषण गर्ने मेयर यादवले स्पष्ट गरे । अगामी दिनमा जेष्ठ नागरिकका लागि थप योजनाहरु ल्याउने समेत उनले आश्वासन दिए ।


ADVERTISEMENT

# # #


वर्तमान अवस्थामा आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पिडित हुने गरेको भन्दै उनले वृद्धवृद्धाहरुको माया र सम्मानको खाँचो रहेको औल्याँए । पैसा कमाउने उद्देश्यले छोरा वैदेशिक रोजगारीमा गएपछि बुहारीले वृद्धवृद्धालाई हेला गर्ने परम्परा समाजमा बढ्दै गएकोले समेत जेष्ठ नगरिकहरु थप पिडित बन्दै गएको मेयर यादवले बताए । सन्तान घरपरिवारमा भएपनि विभिन्न कारणले वृद्धवृद्धालाई झै– झगडा गर्ने, कुटपिट गर्ने, बेवास्ता गर्ने परम्परा बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न उचित कानुन बनाउनमा लागी परेको समेत उनले स्पष्ट गरे ।

जग्गाको खोजी भइरहेकोले सार्वजनिक जग्गा नभए खरिद गरेर भएपनि वृद्धाश्रम निर्माणका गर्ने मेयर यादवले बताए । “हाम्रो संस्कृतिकको पहिचान, जेष्ठ नागरिकको समान” नारा सहित स्थानिय थाना चौकबाट निकालिएको प्रभातफेरी विभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको मुलगेटमा पुगी समापन भएको थियो ।

दिवसको अवसरमा मिर्चैया नगरपालिमा भित्र रहेका १२ वटा वडामध्ये प्रत्येक वडाबाट ५ जनाको दरले ६० जना वृद्धवृद्धालाई साडी, धोती, गम्छा र होरलिक्स सहित समान गरिएको थियो ।

नगरपालिकाका मेयर यादबको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिका रुपमा उपमेयर जिबछी देबि साह, प्रत्येक वडाका वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दीपेन्द्र साह, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र बहादुर भण्डारी, मिर्चैया ज्येष्ठ नागरिकका अध्यक्ष राधाकृष्ण साह, सचिव राजेन्द्र साह लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।