काठमाडौं– काठमाडौंको पुतलीसडकमा आज बिहान मोटरसाइकलको ठक्कर पैदलयात्रीको मृत्यु भएको छ ।


ADVERTISEMENT


अन्दाजी ५५ बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।


ADVERTISEMENT

# # #


आज बिहान ५ बजे ध१प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो ।

चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ।