काठमाडौँ– ड्रोन व्वसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको डीजेआई ड्रोनको नेपालका लागि आधिकारिक विक्रेता आईएमएस ग्रुप बनेको छ । विश्वकै सबैभन्दा शीर्ष स्थानमा पर्ने व्यवसाय डीजेआई आईएमएस ग्रुपले नेपाल भित्र्याउँदैछ ।


ADVERTISEMENT


आईएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले नेपाली बजारमा डीजेआई भित्र्याउन पाएकोमा खुसी व्यक्त गरे । उनले ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु आफ्नो लक्ष्य भएको बताए ।


ADVERTISEMENT

# # #


“फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डीजेआई ड्रोन नेपाली बजारमा भित्र्याउन पाएकोमा हामी एकदमै खुसी छौं ।” उनले भने, “भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको विकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसायप्रति हामी एकदमै सकारात्मक छौँ । हाम्रो लक्ष्य भनेको ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो ।”

क्यामेरा ड्रोन, एरियल फोटोग्राफीको स्टाब्लिजर र भिडियोग्राफिका लागि डीजेआई विश्वप्रख्यात रहेका छन् । विशेष श्रीजनशिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको डीजेआई कमउचाई एरियल तस्बिरका लागि पहुच योग्य छ । अतुलनीय अनुसन्धान र विकास भइरहने यो ब्राण्ड नवीनतामा अग्रसर छ । जसले गर्दा जटिल प्रविधिपनि सजिलो यन्त्रमा परिणत हुन्छ ।

आईएमएस ग्रुपले नेपालमा हाललाई म्याभिक २ जुम, स्पार्क कन्ट्रोलर कम्बो ह्वाइट, म्याभिक एयर ब्ल्याक, म्याभिक एयर ह्वाइट, टेल्लो ग्लोबल, फ्यान्टम ४ प्रो भी २.०, एपार्क फ्लाई मोर कम्बो रेड, तेल्लो बुस्ट कम्बो, ओस्मो मोबाइल २ र ओस्मो मोबाइल पार्ट वान् वेश लगायतका मोडेल नेपालमा उपलब्ध गराउने छ ।

माथि उल्लेखित मोडलहरु संगै डीजेआईका अरु नयाँ मोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध कम्पनीले बताएको छ । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइनमा पनि उपलब्ध गराएको छ ।