काठमाडौँ– बंगलादेशमा जारी एसीसी यू १९ एशिया कप अन्तगर्त आफ्नो अन्तिम खेलमा नेपालले युएईबाट २६९ रनको चुनौति पाएको छ ।


ADVERTISEMENT


बंगलादेशको ‘बीकेएसपी ४’ मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६८ रन बनायो । उसका लागि कप्तान फहाद नवाज र अनसले उत्कृष्ट सुरुवात दिलाउँदा युएईले विशाल योगफल तयार गरेको हो । उनीहरुले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए ।


ADVERTISEMENT

# # #


यसक्रममा नवाजले ९५ बलमा ८३ रन प्रहार गरे । उनले ५ चौका र ३ छक्का ठोके । यस्तै अनसले ८१ बलमा नन्दन यादवको बलमा रोहित पौडेलबाट क्याच हुनुअघि ८ चौका र एक छक्काको मदतमा ६७ रन बनाए । यस्तै ब्रान्डम अदाम र मुहम्मद ए ले समान १८ रन बनाउँदा मुहम्मद अलिले १६ तथा जोनाथन फिजी १५ रन प्रहार गरे । यस्तै शेद हैडरले १२ बनाएर आउट भए भने कार्तिक पर्लानिप्पन ११ रनमा नटआउट रहे ।

युएईको पहिलो विकेट ढाल्न नेपाललाई हम्मेहम्मे भएको थियो । सूर्य तामाङले अनसलाई आउट गरेपछि २७.३ ओभरमा नेपालले पहिलो विकेट हात पार्यो । नेपालका लागि नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २/२ विकेट लिए । यस्तै सूर्य तामाङ र सागर ढकालका नाममा समान १/१ विकेट रह्यो ।

सुरुवाती दुई खेल हारेर प्रतियोगिताबाटै बाहिरिएका यी दुबै टोलीको लागि यो प्रतिष्ठाको खेलमात्र रहेको छ । नेपालले केहीबरेमा जवाफी ब्याटिङ गर्दैछ