काठमाडौँ– असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेर आन्दोलनमा गएको राष्ट्रिय जनता पार्टीसँग सरकारले बुधबार वार्ता गर्ने भएको छ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो चार बजे सरकार, प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजपा नेताहरुबीच वार्ता हुन लागेका हो।


ADVERTISEMENT

# # #


हिजो एमाले सहितका दलहरूसँग भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई पनि चुनावमा सहभागी गराउन प्रदेश नम्बर २ र ५ को चुनाव सार्ने प्रस्ताव गरेका थिए।

राजपाले चुनाव अघि संविधान संशोधन नभएको र तराई मधेसमा स्थानीय तहको संख्या नथपिएको भन्दै निर्वाचन बिथोल्न आन्दोलन घोषणा गरको छ। उसले आह्वान गरेको चार दिने मधेस बन्दको आज दोस्रो दिन हो।