काठमाडौं – बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजकिस्तानविरुद्ध खेलिरहेको छ । बंगलादेशको सिलेटमा जारी खेलमा नेपाल पहिलो हाफमा १-० ले पछाडि परेको छ । खेलको २७ औ मिनेटमा नेपालविरुद्ध ताजकिस्तानले गोल प्रहार गरेको थियो ।


ADVERTISEMENT


विपक्षी खेलाडीलाई अनन्तले फल गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले गोल गर्दै अग्रता बनाएको हो ।


ADVERTISEMENT

# # #


नेपाली टोलीमा अघिल्लो संस्करणको बंगबन्धु गोल्डकपमा सर्वाधिक गोलकर्ता बनेका नवयुग श्रेष्ठ ताजकिस्तानविरुद्ध पहिलो रोजाइमा परेका छैनन् । नवयुगसँगै अनुभवी फरवार्ड भरत खवास पनि पहिलो रोजाइमा परेका छैनन् ।

ताजकिस्तानविरुद्ध नेपालको प्लेइङ इलाभेन

गोलकिपरमाः विकेश कुथु

डिफेन्डरमाः कप्तान बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी

मिडफिल्डरः निराजन खड्का, सुनिल बल, बिशाल राई, तेज तामाङ, सुजल श्रेष्ठ

फरवार्डः विमल घर्तिमगर