नवलपरासी– विद्युत् आपूर्ति ठप्प भएको विरोधमा स्थानीयले नवलपरासीको एकमात्र विद्युत् उत्पादन गृहमा तालाबन्दी गरेका छन् ।


ADVERTISEMENT


जिल्लाको गुठीसूर्यपूरास्थित गण्डक जल विद्युत् केन्द्रमा मङ्गलबार स्थानीयद्वारा कार्यालय घेराउ गरी विद्युत् महसुल कक्षमा तालाबन्दी गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतापपुर गाउँपालिका–८ पिपरपातीमा करिब १५ दिनदेखि ट्रान्सफर्मर जलेर विद्युत् आपूर्तिमा समस्या आएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति पूर्णरुपमा ठप्प हुँदा विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको स्थानीयको गुनासो छ ।

गाउँमा १०० केबीको ट्रान्सफर्मर जडान गर्नका लागि करिब छ महिना अगाडि नै नेपाल विधुत प्राधिकरणमा उजुरी गरेको भए पनि हालसम्म बेवास्ता गरेको हुँदा बाध्य भएर ताला लगानुपरेको स्थानीयले बताएका छन् ।

विद्युत् सञ्चालन गर्नका लागि प्राधिकरणले त्यस ठाउँमा ५० केबीको ट्रान्सफर्मर जडान गरिएको थियो ।

बिग्रीएको ट्रान्सफर्मर मर्मतका लागि स्थानीयले दवाव स्वरुप तालावन्दी गरेको स्वीकार गर्दै बिद्युत् उत्पादन गृहका प्रमुख सुरेश रावतले भने– “उक्त ट्रान्सफर्मर मर्मतको काम अघि बढाईएको र केहि दिनमै मर्मत भएर त्यहाँ विधुत सुचारु हुनेछ ।”