काठमाडौँ– नेपाली फिल्म ‘दि कर्मा’को ‘बजार लाग्या छ’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार नीता र नायक करण वर्माको नृत्य देख्न सकिन्छ ।


ADVERTISEMENT


कोशिष क्षेत्रीको शब्द तथा संगीत, मनिषा पोखरेलको स्वर रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । जय रायको लगानीमा बनेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।


ADVERTISEMENT

# # #


यो चलचित्रले नेपाल र भारतको सिमानामा हुने गरेको अपराधाको घटनालाई देखाउन खोजेको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको एक्सन छ । मंसिर ७ गतेबाट चलचित्र रिलिज हुदैछ ।

भिडियो :