इलाम– चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ ।


ADVERTISEMENT


अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो ।


ADVERTISEMENT

# # #


जिल्लाका सबै साना ठूला चिया कारखानाले दोस्रो टिपाइको प्रशोधन थालेका छन् । यस यामको मूल्य गुणस्तरअनुसार प्रतिकिलो रु २५ देखि रु ३५ तोकिएको छ । कारखाना धेरै भएकाले यस पटक हरियोपत्तीको अभाव खेप्नु परेको छैन ।

अग्र्यानिक कारखानाले भने वर्षभरि एउटै दर कायम गर्ने गरेका छन् । औसत प्रतिकिलो रु ६० मा कारखानाले चियापत्ती खरिद गर्छन् । लामो खडेरी नपर्दा उत्पादनसमेत बढेको इलाम टी प्रोडयुसर्स प्रालिका ओम काफ्लले बताए । क्षमताभन्दा धेरै हरियोपत्ती सङ्कलन भइरहेको उनले बताए ।

श्रीअन्तु र आइतबारेमा रहेको इलाम टी कारखानामा दैनिक १६ हजार किलो हरियोपत्ती सङ्कलन भइरहेको छ । अघिल्लो वर्ष ४० लाख किलो अर्थोडक्स चिया उत्पादन भएको थियो । चियालाई चाहिने विभिन्न तत्वको कमी हँदा बाँझो बसेर उत्पादन घट्ने समस्या आउने गरेको चिया कृषक मोतीराम दाहाल बताउँछन् ।

जिल्लामा दुई दर्जन ठूला कारखाना रहेको छ भने साना र मझौला कारखाना थपिने क्रम बढेको छ । फागुनको अन्तिम सातादेखि वर्षा भइरहेकाले तुलनात्मक रुपमा चियाको उत्पादन बढेको छ ।