नगरकोट– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परीक्षा र अनुगमन बाहेकका विषयमा सरकारले निजी क्षेत्रलाई अधिकार दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


रफत सञ्चार क्लबमा मङ्गलबार आयोजित ‘शैक्षिक सवाल’ विषयक साक्षात्कार कार्यक्रममा अध्यक्ष सम्बाहाम्फेले सरकारले शैक्षिक क्षेत्रको विकास र सुधारमा उपेक्षा गरेको आरोप लगाए । सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै उहाँले शिक्षाको सुधार तथा विकासबाटै जनतामा परिवर्तन र समृद्ध समाजको निर्माण हुने धारणा राखे ।


ADVERTISEMENT

# # #


सरकारले शिक्षा ऐन संशोधनका बारेमा शिक्षाविद् र सम्बन्धित सरोकारवालासँग छलफल नगरी आफ्नो मनोमानीरुपमा संशोधन प्रस्ताव अघि बढाएको गुनासो गर्दै यसरी गरिएको संशोधन आफूहरुलाई स्वीकार्य नभएको उनले बताए।

उनले निजी विद्यालयको शुल्क निर्धारणका विषयमा सरकारले अनुगमन गर्नुपर्ने बताउँदै विद्यालयले दिने सेवासुविधाका आधारमा शुल्क निर्धारण हुने हुँदा सबै विद्यालयको शुल्क एउटै हुन नसक्ने बताए ।