धादिङ– पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो ।


ADVERTISEMENT


नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स परेको थियो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।


ADVERTISEMENT

# # #


चौधरी बोकेको एम्बुलेन्स टायलघरमा चार घण्टा जाममा फसेको थियो । मृतक चौधरीका आफन्तले सडकमा अत्यावश्यक एम्बुलेन्स लगायतलाई पनि बाटो खुलाउन नसक्ने प्रशासनको आलोचना गरेका छन् ।

चौधरीका छिमेकीले भने, ‘समयमा पुर्याएको भए ज्यान जोगिने थियो तर जाममा नै चार घण्टा बित्यो, बिरामीले थप उपचार पाउने अवस्था रहेन ।’ – आजको राजधानी दैनिकबाट