काठमाडौं– च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले टोटनह्याममाथि सानदार जित निकालेको छ । टोटेनह्याम हटस्परको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले टोटनह्याममाथि ४–२ को सहज जित निकालेको हो ।


ADVERTISEMENT


बार्सिलोनालाई सहज जित दिलाउनका लागि कप्तान लियोनल मेसीले दुई गोल गरे । खेल शुरु भएको दुई मिनेटमै फिलिप कौटिन्होको गोल गर्दै बार्सिलोनालई अग्रता दिलायो । २८ औं मिनेटमा इभान राकिटिकले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोना विरुद्ध ५२ औं मिनेटमा हेरी केनले गोल गर्दै अन्तर कम गरे । ५६ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाले ३–१ को अग्रता बनायो ।

टोटनह्यामका लागि एरिक लामेलाले ६६ औं मिनेटमा गोल गर्दै ३–२ गोल बनाए । खेलको अन्तिम मिनेटमा मेस्सीले पुनः गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।